News Portal

  • नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८२
    १६२ पटक
    २३ साउन, २०८२

    काठमाडौं । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ ।

    आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटोबारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

    सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो ।
    सम्मेलनमा विभागिय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

    सम्मेलनमा सहभागि हुनुभएका कर्मचारीहरूलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै पूर्वबैंकर अनिलकेशरी शाहले नेतृत्व विकास सम्बन्धमा तालिम दिएका थिए ।

    यसैगरी नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे ।

    सम्मेलनमा आव २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्