Skip

News Portal

  • युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त

    आर्थीकसंसार संवाददाता १२ असोज, २०८३
    ३५ पटक
    १२ असोज, २०८३

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त भएकी छन् ।

    कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको ८९औँ बैठकले दाहाललाई सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी महिला सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम उनलाई महिला सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्