News Portal

  • हिमालयन लाइफद्वारा राउटे समुदायलाई कपडा सहयोग

    आर्थीकसंसार संवाददाता११ साउन, २०८२
    १५ पटक
    ११ साउन, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले एक कार्यक्रम आयोजना गरी डडेलधुरा जोगबुढा ,पर्शुराम नगरपालिका ४ रज्युडीमा लोखुन्मुख फिरेन्ते जातिको रुपमा चिनिने राउटे समुदायको ५२ परिवारका २३२ सदस्यलाई ट्रयाक सुट र टिसर्ट बितरण गरेको छ।

    डडेलधुरा उप प्रादेशिक प्रमुख टेक राज आचार्यको प्रमुख अथित्यतामा सम्पन्न उत्त कार्यक्रम वाड न ४ अध्यक्ष बीस राम सिङ्ह बोहरा तथा अन्य सदस्यको रहोबरमा सम्पन्न गरिएको हो ।

    कार्यक्रममा वडा अध्यक्ष बोहराले यस्ता कार्यक्रमले राउटे जातीलाई निकै हौसला पुग्ने एकै स्थानमा बस्ने वातावरण मिल्ने र बीमाप्रती समाजको सकारात्मक धाराणा निर्माण हुने बताउँदै कम्पनीलाई हार्दिक आभार सहित धन्यवाद पत्र समेत उपलब्ध गराए ।

    कार्यक्रमको विषयमा स्पष्ट पार्दै यो नितान्त सहयोगी र परोपकर भवानाले सस्थागत सामाजिक उत्तरदायित्व को रुपमा हरेक बर्ष हिमालय लाइफले यस्ता काम गर्दै आइउरहेको,गत बर्ष पनि पहाडका विभिन्न जिल्लामा ज्याकेट बितरण गरेको , खाद्यान्न,फलफुल बितरनण गरेको र आउने दिनहरुमा पनि यस्ता कार्यक्रम हुँदै जाने सस्थाको प्रदेश उप प्रमुख टेक राज आचार्यले बताए ।

    अब राउटे जातीले पनि भबिस्यको बारेमा सोच्नपर्छ ,बचतको बानी बस्ल्नुपर्ने र आफ्ना साना नानी बाबुलाई बिधालय मा पठन पाठनको लागि पठाउने गर्नुपर्छ भन्दै बीमाको महत्व र औचित्यको बारेमा आफ्ना धारणा राखे ।

    प्रतिकृया दिनुहोस्