News Portal

  • प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता९ साउन, २०८२
    १३ पटक
    ९ साउन, २०८२

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६ हजार ५२२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन पेश गरे अनुसार कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो ।

    संस्थापक शेयरमा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले सो शेयरमा संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्