
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य निर्धारण भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको संस्थापक समूहतर्फको सेयरको कटअफ मूल्य १५१ रुपैयाँ कायम भएको छ ।
यस्तै, सर्वसाधारण समूहको (लकइनमा रहेको) सेयरको कटअफ मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ र सर्वसाधारणतर्फ लकइनमा नरहेको सेयरको कट अफ मूल्य ४६१ रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत असार २३ गतेदेखि असार गतेसम्म संस्थापक समूहको ८० हजार २२२ कित्ता, सर्वसाधारण समूहको (लकइनमा रहेको) ४ हजार कित्ता र सर्वसाधारण समूहको लकइनमा नरहेको १ लाख ४० हजार ४५७ कित्ता सेयर बिक्री गरेको थियो ।
कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले साउन ४ गते बाँडफाँड गरिएको जनाएको छ ।
बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी साउन ८ गतेदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ ।