News Portal

  • नेपाल लाइफले रच्यो इतिहास, उत्कृष्ट प्रतिवेदनका लागि पायो सिल्भर अवार्ड

    आर्थीकसंसार संवाददाता५ साउन, २०८२
    १९ पटक
    ५ साउन, २०८२

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड अन्तर्गत जीवन बीमा विधामा सिल्भर अवार्ड प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

    कम्पनी जीवन बीमा क्षेत्रमै पहिलोपटक यो अवार्ड प्राप्त गर्ने कम्पनी बनेको छ।

    आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट भएको भन्दै नेपाल लाइफलाई यो सम्मान प्रदान गरिएको हो । अवार्ड प्रदान गर्ने समारोह राजधानीको होटल र्याडिसनमा आयोजना गरिएको थियो, जहाँ माननीय महालेखापरीक्षक तोयम रायाले नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाललाई अवार्ड प्रदान गरे ।

    नेपाल लाइफको प्रतिवेदनमा आर्थिक पारदर्शिता, पर्याप्त खुलासा, सुशासन, जवाफदेहिता तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रस्तुति रहेको भन्दै प्रशंसा गरिएको छ ।

    अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई प्राप्त सफलताले थप जिम्मेवारी थपिएको उल्लेख गर्दै वित्तीय अनुशासन र पारदर्शिताप्रति कम्पनीको अटुट प्रतिबद्धता दोहोर्याए ।

    करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको नेपाल लाइफले ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा र सुशासन कायम राख्ने प्रतिवद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्