आर्थीकसंसार संवाददाता३१ असार, २०८२

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षकाे सपथ लिएका छन् । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले समक्ष उनले सपथ लिएका हुन् ।
प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि सरकारले अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएको थियाे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हाे ।
पाँच महिनाअघि प्राधिकरणको अध्यक्षमा नियुक्ति भएका ओझाले झुटो कागजात र योग्यता नपुगीकन नियुक्ति पाएकाे आरोपमा अदालतमा उजुरी परेपछि छानबिनकाे लागि समिति गठन भएकाे छ । छानबिन समिति गठन भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।