News Portal

  • कृषि विकास बैंकबाट राखेपका कर्मचारीले बिना धितो ऋण पाउने

    आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
    १४५१ पटक
    १५ पौष, २०७७

    काठमाडौँ । कृषि विकास बैंकसँगको सहकार्यमा राष्ट्रिय खेलकूद परिषदका कर्मचारीहरुले बिना धितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच सो सम्बन्धमा १० वर्षे सम्झौता भएको छ ।
    राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच भएको सम्झौताअनुसार राष्ट्रिय खेलकूद परिषदमा कार्यरत कर्मचारीहरुले ऋण सुविधा पाउने छन् । कर्मचारी कर्जा तथा सापटीसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ । यस्तै सम्झौतामा खेलकूदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिने हालै भएको दुई निकायबीचको सम्झौतापत्रमा उल्लेख छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको खेलकूद क्षेत्रसँग प्रत्यक्षरुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्