News Portal

  • सानिमा बैंकको ३ लाख ३९ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८२
    २४९ पटक
    १४ जेठ, २०८२

    काठमाडौं । सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिद निवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। यसको मतलब शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबुल गर्नुपर्नेछ।

    इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्