आर्थीकसंसार संवाददाता१४ जेठ, २०८२

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र बौद्धस्थित लाइल्याक वेलनेस एण्ड स्पाबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार बैंकका प्लेटिनम डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले लाइल्याक वेलनेस एण्ड स्पामा सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
यो सहकार्यले ग्राहकहरूलाई सेवा शुल्कमा राहत दिने मात्र होइन, नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ ।
बैंकले यस्तो किसिमको सहकार्य डिजिटल बैंकिङको प्रवर्द्धन, ग्राहक सुविधा विस्तार र डिजिटल कारोबारको संस्कृति निर्माणमा टेवा पुग्ने विश्वास लिएको छ ।