News Portal

  • सिटिजन्स बैंकका ग्राहकहरुलाई होटल साम्बालामा विशेष छुट

    आर्थीकसंसार संवाददाता१४ पौष, २०७७
    ७३३ पटक
    १४ पौष, २०७७

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल साम्बालामा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र होटलबीच सेवामा छुटसम्बन्धी सम्झौता भएको हो ।
    उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल साम्बालामा सेवा लिँदा विशेष छुट पाउनेछन् ।
    सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्