News Portal

  • धितोपत्र बोर्डबाट निफ्राले पायो रु. ५ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

    आर्थीकसंसार संवाददाता३० बैशाख, २०८२
    १७४ पटक
    ३० बैशाख, २०८२

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।

    नेपाल धितोपत्र बोर्डले आज निफ्रालाई ‘निफ्रा ऊर्जा डिबेन्चर’ नामक ऋणपत्र जारी गर्न अनुमति दिएको हो। अब निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

    कुल इकाइमध्ये निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

    निफ्राको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।

    निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

    प्रतिकृया दिनुहोस्