आर्थीकसंसार संवाददाता३० बैशाख, २०८२
३० बैशाख, २०८२काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज वैशाख ३० गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।
हकप्रद शेयर जारी गर्न कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ वैशाख ४ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।




