News Portal

  • कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१४ बैशाख, २०८२
    ६८ पटक
    १४ बैशाख, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

    निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

    तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्