News Portal

  • ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०८१
    ३३६ पटक
    १७ चैत्र, २०८१

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही सस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर बिक्रीका लागि निवेदन पेश गरेअनुसार विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्री ल्याएको हो ।

    शेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। शेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।

    बैंकले तोकिएको म्याद भित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्