News Portal

  • सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०८१
    २४८ पटक
    १२ फागुन, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको फागुन १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्