काठमाडौं । कृषि विकास बैंकको अगुवाइमा ६ लाख कुखुरा फार्मले कर्जा पाउने भएका छन् । बैंकले करिब २ अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म स्थापना गर्न लागेको जनकपुर एग्रो फार्मलाई कर्जा प्रवाह गर्ने भएको हो ।
जनकपुर एग्रो फार्मले बायो ग्यास अर्गानिक मल उत्पादन गर्ने उद्देश्यसहित उक्त फार्म स्थापना गर्न लागेको हो ।
जनकपुर एग्रो फार्मका लागि कृषि विकास बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जाअन्तर्गत नेपाल बैंकसहितको कर्जा प्रवाहका लागि तीन कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौता कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष खुमाप्रसाद अर्यालसमेतको उपस्थितिमा भएको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बाबुकाजी थापालगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो कर्जा लगानीबाट जनकपुर धनुषाधामलगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।
कृषि विकास बैंकद्वारा कुखुरा फार्मलाई कर्जा प्रवाह
आर्थीकसंसार संवाददाता५ पौष, २०७७
५ पौष, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने