आर्थीकसंसार संवाददाता२२ माघ, २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बैंकले माघ २८ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज जनाएको छ । माघ २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।