News Portal

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

    आर्थीकसंसार संवाददाता२६ पुष, २०८१
    २६४ पटक
    २६ पुष, २०८१

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ।

    बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस शेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस नगर्ने निर्णय गरेको हो।

    बैठकले २०८१ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी बैंकको ३८ औँ वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ।
    प्रतिकृया दिनुहोस्