News Portal

  • एनआइसी एशिया लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने

    आर्थीकसंसार संवाददाता२१ पुष, २०८१
    २१० पटक
    २१ पुष, २०८१

    काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाएको छ। बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको थियो।

    बैंक सञ्चालक समितिको पुस १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ।

    बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्