News Portal

  • माछापुच्छ्रे बैंकले कपन बहुमुखी क्याम्पसमा गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता१७ पुष, २०८१
    ३५४ पटक
    १७ पुष, २०८१

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    बैंकको कपन शाखाको संयुक्त आयोजनामा मंगलबार युवा विद्यार्थीहरूमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले कार्यक्रम गरेको हाे ।

    बैंकले बुढानीलकण्ठमा रहेकाे कपन बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरूलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको छ ।

    माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्