News Portal

  • लाभांश पारित गर्न जीवन विकास लघुवित्तले डाक्यो पुस २८ गते साधारणसभा

    आर्थीकसंसार संवाददाता७ पुष, २०८१
    १० पटक
    ७ पुष, २०८१

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मोरङ्गको कटहरी २ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा हुने कम्पनीले जनाएको छ । साधारण सभा बिहान १०ः३० बजे शुरु हुनेछ ।

    सभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्त संस्थाहरूसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

    कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गर्दैछ । यस बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्