News Portal

  • कामना सेवा विकास बैंकले वितरण गर्यो नगद लाभांश

    आर्थीकसंसार संवाददाता६ कार्तिक, २०८१
    १२ पटक
    ६ कार्तिक, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश कात्तिक १ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गर्न सुरु गरेको जनाएको छ ।

    गत वर्षको मुनाफाबाट यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको आधारमा ७ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

    बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गरेको थियो ।

    बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

    असोज १४ गतेसम्म धितोबन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त गरेपछि मात्र नगद लाभांश वितरण गरिने भनाई कम्पनीको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्