News Portal

  • सानिमा बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८१
    २४० पटक
    २३ असोज, २०८१

    काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०।८१का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिकक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने बैंकले प्रस्ताव गरेको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
    प्रतिकृया दिनुहोस्