News Portal

  • ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८१
    ४०५ पटक
    २२ असोज, २०८१

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले चुक्तापुँजी ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
    प्रतिकृया दिनुहोस्