News Portal

  • सानिमा बैंकद्वारा ४७ लाखको औषधी उपचार बीमा भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    २५९७ पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ लाख २३ हजारको औषधी उपचार बीमा भुक्तानी पाएका हुन् ।
    सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरे । दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, रु. ५ हजार सम्मको ओपीडी भुक्तानी शुल्कसहित ५० हजारसम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा र ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।
    श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्