News Portal

  • राष्ट्रिय सहकारी बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
    ३१७६ पटक
    २१ मंसिर, २०७७

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकद्वारा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कर्जातर्फ आज (मंसिर २१ गते, आइतबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले कृषि तथा कृषि परियोजना कर्जा (किस्ताबन्दी)मा ३ महिनादेखि ५ वर्षसम्मका लागि ६ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म र अन्य परियोजना कर्जा (किस्तावन्दी) ३ महिनादेखि १५ वर्षसम्मको लागि ९ दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको कुरा बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्