News Portal

  • ज्योति बैंकद्वारा ‘स्क्यान एन्ड विथ ड्र’ सेवा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
    २४०९ पटक
    १७ मंसिर, २०७७

    काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ ड्र’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको मोबाईल फोनमा भएको ज्योति ‘स्मार्ट एप’मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सकिने गरी उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
    सो सेवाअन्तर्गत अब बैंकका ग्राहकले बैंकको काउन्टरमा गई चेकबीनै आफ्नो खाताबाट पैसा झिक्न सक्नेछन् । बैंकले उक्त सेवा देशभरीका १ सय ५ वटा शाखाबाट एकैपटक सुरुवात गरेको छ । हाल बैंकले १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्