News Portal

  • काठमाडौं महानगरले थाल्यो एसईई पुरक परीक्षाको तयारी कक्षा

    आर्थीकसंसार संवाददाता२३ असार, २०८१
    ७० पटक
    २३ असार, २०८१

    काठमाडौं । एसईई फेल भएका अथवा ननग्रेडेड भएका विद्यार्थीहरूका लागि काठमाडौं महानगरपालिकाले तयारी कक्षा सुरु गरेको छ ।

    २०८० सालको एसईईमा नियमित परीक्षामा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका विद्यार्थीका लागि तयारी कक्षा सुरु गरिएको महानगरले जनाएको छ ।

    परीक्षामा सहभागी भई दुईवटा ननग्रेडेड भएका विद्यार्थी ८सय ७३ जना रहेका छन् । विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । यी कक्षाहरू पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरिएकाे महानगरकाे भनाइ छ ।

    महानगरभित्रका सामुदायिक विद्यालयहरूले गएको वर्षभन्दा यो वर्ष एसईई नतिजा सुधारेका छन् । एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५ सय ४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको महानगले जनाएको छ  ।

    गएको वर्ष अर्थात २०७९ सालको एसईई परिक्षार्मा एक सय ५० जनाले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए । महानगरका ५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९ सय ५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए ।

    कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना उत्तीर्ण हुँदा ८ सय ७३ जनाले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्