News Portal

  • कुमारी बैंकले बोनस शेयर प्राप्तीका लागि कर तिर्नुपर्ने

    आर्थीकसंसार संवाददाता२७ साउन, २०७७
    ६७६ पटक
    २७ साउन, २०७७

    काठमाडौँ । कुमारी बैंकले बोनस शेयर प्राप्त गर्नका लागि कर तिर्नु पर्ने भएको छ । कुमारी बैंकले प्राप्ति गरेको साविक देवः विकास बैंक लि.को १३औंं वार्षिक साधारणसभाबाट पारित ८.५५५ बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.मा अभौतिक रुपमा कारोवार हुने व्यवस्था भईसकेको र बोनस शेयर बापतको शेयर प्राप्त गर्न कर लाग्ने रकम जम्मा गर्नुपर्ने भएको हो ।
    बैंकले एक सूचना जारी गर्दै उक्त बैंकले प्राप्ति गरेको साविक देवः विकास बैंक लि.को शेयरहरु मिति २०७६।०३।३० गते पश्चात खरीद गरेको शेयरधनीहरुलाई बैंकले प्रदान गरेको उक्त बोनस शेयरमा कर लाग्ने जनाएको छ ।
    कर रकम जम्मा गर्न शेयरधनीहरुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा सम्पर्क गरी खाता नं. १२९१५०२०००१०२० मा कर वापतको रकम जम्मा गरी आफ्नो हितग्राही खातामा बोनस शेयर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्