News Portal

  • थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १२२५ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हाल नेपालभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ६९ जना क्वारेन्टिनमा छन् ।
    त्यसैगरी काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ६ सय ३५, भक्तपुरमा ८७ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    प्रतिकृया दिनुहोस्