News Portal

  • सन नेपाल लाइफको एएमएलरसीएफटी सम्बन्धी विशेष तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ असार, २०८२
    १४६ पटक
    १५ असार, २०८२

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ‘मनी लन्डरिङ तथा आतंकवादी गतिविधिमा वित्तीय सहयोग (एएमएलरसीएफटी)’ सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    सन नेपालले विद्यमान कानुनी मापदण्ड र नियमनकारी निकायको निर्देशनलाई ध्यानमा राख्दै यो प्रशिक्षणको आयोजना गरेको हो ।

    उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंसहित विभिन्न विभागीय प्रमुख, प्रदेश प्रमुख तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कम्पनीका कानुनी विभाग प्रमुख सुवास भण्डारीले एएमएलरसीएफटी सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा एएमएलरसीएफटी ऐनका प्रमुख प्रावधानहरू, रिपोर्टिङ दायित्व, वित्तीय सूचना इकाइ (एफआईयू) को भूमिका तथा बीमा कम्पनीहरूमा लागू हुने नीतिगत र व्यवहारिक पक्षहरूबारे व्यापक छलफल गरिएको थियो।

    ब्रान्ड विभागसहित सबै विभागले नियामक निकायको मापदण्डअनुसार कार्य गर्नुपर्ने स्पष्ट सन्देश यस तालिमले दिएको कम्पनीको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्