News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बंजी नेपाल एडभेन्चरमा छुट हुने

    आर्थीकसंसार संवाददाता४ वैशाख, २०८१
    २५ पटक
    ४ वैशाख, २०८१

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    बालुवाटार–४, काठमाडौं स्थित बैंक र रातोपैरो-१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चरबीच बैंकका ग्राहकहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा. लि मा गई एकल बंजी गर्दा १००० रुपैयाँ र जोडी बंजी गर्दा १५०० रुपैयाँ सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्