News Portal

  • नयाँ वर्षमा गरिमा विकास बैंकले ल्यायो क्यासब्याक अफर

    आर्थीकसंसार संवाददाता३० चैत, २०८०
    ४२ पटक
    ३० चैत, २०८०

    काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले विशेष अफर ल्याएको छ ।

    बैंकले ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना ल्याएको हो ।

    यस योजना अन्तर्गत बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पिओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सकिने छ ।

    नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धनका लागि सो योजना ल्याइएको बैंकले हो । उक्त योजना भने भोलि अर्थात २०८१ बैशाख १ गतेदेखि ३ गतेसम्म लागू हुनेछ । साथै बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुआत गरिसकेको छ ।

    बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा टएीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्