आर्थीकसंसार संवाददाता२९ चैत, २०८०
२९ चैत, २०८०काठमाडौँ । कृषि विकास बैंकले आज अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा दिने भएको छ । आज बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) को अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले आफ्ना सबै शाखा कार्यालय खुला गरी सेवा दिने जनाएको छ । उक्त शाखा कार्यालयहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने बैंकको भनाई छ ।