News Portal

  • प्रधान कार्यालयको लागि जग्गा किन्दै ज्योति विकास बैंक

    आर्थीकसंसार संवाददाता२८ चैत, २०८०
    ४० पटक
    २८ चैत, २०८०

    काठमाडौं । ज्योति विकास बैंकले प्रधान कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगरमा जग्गा किन्न लागेको हो ।

    बैंकले विशालनगरमा जम्मा क्षेत्रफल २६२०.६८ वर्गमिटर भएको जग्गा प्रतिआना ९७ लाख रुपैयाँको दरले किन्ने निर्णय गरेको हो । उक्त निर्णय चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

    प्रतिकृया दिनुहोस्