News Portal

  • कुमारी बैंकको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८०
    १९५ पटक
    २२ चैत, २०८०

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

    बैकले बिहीबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो ।

    यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।

    संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

    बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ ।

    प्रतिकृया दिनुहोस्