News Portal

  • कृषि विकास बैंकले सञ्चालन गर्यो विद्यार्थीसंग बैंक कार्यक्रम

    आर्थीकसंसार संवाददाता१५ चैत, २०८०
    ४६ पटक
    १५ चैत, २०८०

    काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्यूचर’ भन्ने नारा सहित ग्लोबल मनि विकको रुपमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

    यसै सन्दर्भमाकृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोबिन्द गुरुङको उपस्थितिमा बैंकको कोशी प्रदेशको कार्यालयको आयोजनामा हरिनगरा माध्यमिक विद्यालय, हरिनगरमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति थियो ।

    कार्यक्रमलाई सीइओ गुरुङले वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, क्रिप्टो करेन्सी,क्यास लेस, पेपर लेस बैंकिङ सेवाहरु, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयमा जानकारी गराएका थिए ।

    यसका अलवा आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने लगायत विषयमा धारणा राखेका थिए ।

    सो अवसरमा गुरुङले हरिनगरा क्षेत्रका कर्जाग्राहकहरुसँग कृषि बिकास बैंकले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी लिएका थिए ।

    कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरुकोसमेत उपस्थिति थियो । यो कार्यक्रम बैंकका प्रदेश कार्यलयहरुले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत विभिन्न २४ स्थानहरुमा संचाल गरेको थियो भने कर्यक्रमबाट करिव ५६०० छात्र छात्रा लाभान्वयित भएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्