News Portal

  • नेपाल एसबिआई बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता१४ चैत, २०८०
    ३७ पटक
    १४ चैत, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, नेपाल एसबिआई बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

    सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरूलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको थियाे । न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्