News Portal

  • एभरेष्ट बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता१४ चैत, २०८०
    ३१ पटक
    १४ चैत, २०८०

    काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाल राष्ट बैंकको संयोजनमा बिगत वर्षहरुजस्तै यस वर्ष पनी एभरेष्ट बैंकले चैत ५ गतेदेखी सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी वीक २०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरायो ।

    ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो ।

    प्रतिकृया दिनुहोस्