News Portal

  • लुम्बिनी विकास बैंकले गर्यो विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता१४ चैत, २०८०
    २४० पटक
    १४ चैत, २०८०

    काठमाडौं । लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरु मार्फत ग्लोबल मनी विक २०२४ को अवसरमा विभिन्न कार्यक्रम गरेकाे  छ ।

    बैंकले विद्यालयमा अध्ययनरत करिब एक हजार बिद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा बिद्यार्थीहरुलाई बैंकले गर्ने कार्यहरु जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरु समेटि बिद्यालयहरुमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो । साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरुबाट वित्तीय जानकारी मुलक प्लेकार्डहरु प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो ।

    ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ यो वर्ष १८ देखि २४ मार्चमा युवा विद्यार्थीहरुलाई लक्षित गरि बैंकले पनि सो कार्यक्रमहरु सम्पन्न गरको थियो । यसबाट बैंकिङ्ग प्रणली सुदृढ हुनुका साथै युवा विद्यार्थीहरुमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

    प्रतिकृया दिनुहोस्