News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा कन्चनपुरको कृष्णपुरमा वृक्षरोपण

    आर्थीकसंसार संवाददाता१४ चैत, २०८०
    २४ पटक
    १४ चैत, २०८०

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले कन्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानमा करिब १५० वटा कागतीका विरुवाहरुको रोपेको हो ।

    बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्याएको छ ।

    बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियो ।

    साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्