News Portal

  • ग्लोबल मनी विकः प्रभु बैंकको सातै प्रदेशमा वित्तीय कार्यक्रम सञ्चालन

    आर्थीकसंसार संवाददाता१३ चैत, २०८०
    २७ पटक
    १३ चैत, २०८०

    काठमाडौं । प्रभु बैंक लिमिटेडले’Protect your money, secure your future’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम चैत ५ गतेदेखी शुरु गरी चैत ११ गतेसम्म संचालन गरेको छ । बैंकले आफ्ना विभिन्न शाखा मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, साईकल –र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरी आयोजना गरेको छ ।

    बैंकले विभिन्न समुदाय,महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । बैैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।

    कार्यक्रम संचालन भएका शाखाहरु 

    लो घेकर दामोदर कुण्ड, हरि चोक, लोमान्थ्याङ, काकरभिट्टा, रौतामाई, मंगला, चोरमारा, धौलागिरी, माछापुच्छ्रे, मझगवा, सन्दकपुर, विरेन्द्रबजार, काठेखोला, मुक्तिनाथ, बरेङ, रघुगंगा, मुर्गिया, पाल्पा, बज्रबाराही, कुश्मा, परोहा, भण्डारा, बारपाक, बारादी, तिनपैनी, विरेठाटी, मनाङ, भिमाड, बेनी, टिकापुर, बुर्तिबाङ, जुम्ला खलँगा, निजगढ, नयाँरोड, गौशाला, कटारी, गौर, भरतपुर, चतरा, जोमसोम, वालिङ, चेपेटार, भिमफेदी, लामीडाँडा, बडीगाड, हलेशी, तामानखोला, मलारानी, रानीबास, बासगढी, गोपीगंज, पदमपुर, लम्की, ओखलढुंङ्गा, नारायणगढ, लालबन्दी, कुरिनटार, बटार, गोडाइटा, गाईघाट, दामन, मनहरी, मलंगवा, बरथवा, पालुङटार, विरगंज, साफेबगर, बिहाडी, लिवाङ, बयलबास, हतुवागढी, बर्दिवास, दोलालघाट, भोजपुर, चन्द्रनिगाहापुर, ताराखोला, खाँदबारी, जनकपुर, तौलिहवा, तालचोक, फुङ्गलिङ, बरियापट्टी, अमरसिंह चोक, ग्रामथन, डुम्रे, निसिखोला, इनरुवा, प्याउली, प्रगतीनगर, पथरी, सन्दीखर्क, चन्द्रगढी, महेन्द्रनगर, अमुवा, लायन्सचोक, बाझपाटन, गुलेरिया, पर्सा, रुकुम, श्रीनगर, फिदिम, विजयनगर, गरुडा, शान्तिपुर, डिमुवा, मनिग्राम, दमक, विराटनगर, धाकदही, बर्दघाट, खर्पूनाथ, लुम्बिनि, कोहलपुर, गोर्खा, बगर, लमही, दिक्तेल, गलकोट, एकडारा, विरौटा, पोखरा, इटहरी, घोराही, मुखियापट्टी, बेशीशहर, बाग्लुङ, तमघास, भैरहवा, धनगढी, बिर्तामोड, अमरपथ लगायतका शाखाहरु ।

    बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा ब।ढ ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस्