News Portal

  • सिटिजन्स बैंकका २ वटा शाखा कार्यालय सर्ने

    आर्थीकसंसार संवाददाता१३ चैत, २०८०
    ३२ पटक
    १३ चैत, २०८०

    काठमाडौं । सिटिजन्स बैंकले संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौंकाे न्यूरोड शाखा र अछामको ढकारी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

    बैंकका अनुसार काठमाडौं महानगरपालिका २४ मा सञ्चालनमा रहेको न्यूरोड शाखा हालको भवनबाट करिब २ सय मिटरको दूरीमा सर्नेछ । यस्तै, अछामको ढकारी गाउँपालिका १ स्थित रहेको ढकारी शाखा १ सय मिटरको दूरीमा स्थानान्तरण हुने बैंकले जनाएको छ ।

    चैत १८ गतेदेखि स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ । साथै, न्यूरोड शाखाबाट प्रदान गरिएको लकर सेवा सुविधाका लागि समेत सोही शाखाबाट सञ्चालन हुने बैंकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्