News Portal

  • कृषि विकास बैंकले संचालन गर्यो विद्यार्थीसँग बैंक कार्यक्रम

    आर्थीकसंसार संवाददाता१३ चैत, २०८०
    २७ पटक
    १३ चैत, २०८०

    काठमाडौं । कृषि विकास बैंकले पूर्वी नवलपरासी, रुपन्देही र कपिलवस्तुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको उपस्थितीमा कृषि विकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासीको अमलटारी होमस्टे, रुपन्देहीको धकधही र कपिलबस्तुको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।

    उक्त कार्यक्रममा बैंकका उपमाहाप्रबन्धकले वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतिय सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्वन्धमा जानकारी गराएका थिए । आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्नेबारे प्रकाश पारे । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।

    बिश्व बैंकको आहवनमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्युचर’ भन्ने नारा ग्लोबल मनी विकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

    प्रतिकृया दिनुहोस्