News Portal

  • बचत खाताअन्तर्गत एनआईसी एशिया बैंकले भुक्तानी गर्यो १ करोड २० लाखको बीमा रकम

    आर्थीकसंसार संवाददाता१२ चैत, २०८०
    १७० पटक
    १२ चैत, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत १ करोड २० लाख रुपैयाँ बीमा रकम भुक्तानी भएको छ ।

    गत असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा पर्नु भएका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखको दरले कूल १ करोड २० लाख बीमा रकम भुक्तानी भएको हो ।

    उक्त भुक्तानी आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी गरिएको बैंकले जानकारी गराएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका निज ग्राहक तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

    यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्यप्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत जनही १० लाखको दरले भुक्तानी गरिएको हो ।

    त्यस्तै, काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १० लाखको दरले रकम प्रदान गरिएको हो । निज लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त भुक्तानी गरिएको हो ।

    त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही १० लाख रुपैयाँ प्रतिव्यक्तिका दरले कुल ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो ।

    यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैैंयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ ।

    बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख रुपैयाँ बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्