News Portal

  • कृषि विकास बैंकको आधार दर ८.८८ प्रतिशतमा झर्यो, लगानी क्षमतामा उच्च वृद्धि

    आर्थीकसंसार संवाददाता८ चैत, २०८०
    ४९ पटक
    ८ चैत, २०८०

    काठमाडौं । कृषि विकास बैंकको आधार दर ८.८८ प्रतिशतमा झरेको छ । प्राय बैंकहरुको आधार दर बढीरहेको अवस्थामा कृषि विकास बैंकले भने घटाउन सफल भएको हो ।

    बैंकले सार्वजनिक गरेको उक्त आधार दर चैत महिनाको लागि हो । योसँगै बैंकको व्यवसायिक कर्जा लगानीको व्याजदर १०.८८ अंकमा झरेको छ ।

    त्यस्तै, आधार दर घटेसंगै किसानले उपयोग गरेको कर्जाको ब्याजदर पनि घटेको छ । कर्जाको पोर्टफोलियोमा कृषि कर्जाको हिस्सा वढी रहेको बैंकले संस्थागत तथा व्यक्तिगत हायर पर्चेज कर्जामा जोड दिएको बैंकले जानकारी गराएको छ । निजी सवारी साधन खरिदका लागि खरिद मूल्यको ६५ प्रतिशत र विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा लगानी गरी सेवा विस्तार गर्ने बैंकले बताएको छ ।

    कृषिलाई नछोड्ने, अरुलाई जोड्ने दीर्घकालीन नीति अवलम्बन गरेको यस बैंकले सरकारी कारोबार, साना किसानको लागि सरल कृषि कर्जा लगानी, साना तथा मध्यम उद्योगका लागि लगानी गर्दै आएको छ । साथै, बैंकले हालका दिनमा ठूला आकारका व्यवसायिक कर्जामा समेत जोड दिँदै आएको छ ।

    बैंकको बेस रेस अर्थात आधार दर घटेसंगै बैंकको लगानी क्षमतामा उच्च वृद्धि भएको छ । बैंकले आगामी दिनमा अझै आधार दर घटाउँदै लैजाने योजना बनाएको छ ।

    प्रतिकृया दिनुहोस्