News Portal

  • विभिन्न स्थानमा मुक्तिनाथ विकास बैंकले सम्पन्न गर्यो बैंकिङ साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता४ चैत, २०८०
    ६४ पटक
    ४ चैत, २०८०

    काठमाडौं। मुक्तिनाथ विकास बैंकले विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत उक्त कायृक्रम सम्पन्न गरेको हो ।

    बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टीका स्कूल र कैलालीको धनगढी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा स्कूल र कलेजका विद्यार्थी तथा शिक्षकको सहभागिता थियो ।

    त्यसैगरी बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड परिसरमा र सुर्खेतको विरेन्द्रनगर–११ स्थित देउती बजै मन्दिर परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जानकारी दिएको छ ।

    उक्त कार्यक्रममा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता लगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ ।
    प्रतिकृया दिनुहोस्