News Portal

  • पोखराका बिगमार्टमा माछापुच्छ्रे बैंकले १० प्रतिशत छुट दिने

    आर्थीकसंसार संवाददाता१ चैत, २०८०
    ९८ पटक
    १ चैत, २०८०

    काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेको कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

    बैंकले ग्राहकले डेबिट कार्डमार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यास ब्याक तथा क्रेडिट कार्डमार्फत कारोबार गरेको खण्डमा अधिकतम २०० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यास ब्याक बिगमार्टका हालै खुलेका रामबजार, पर्स्याङ, बगर, शितलादेवी र फूलबारी शाखामा मात्र पाइने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्