आर्थीकसंसार संवाददाता३० फागुन, २०८०
३० फागुन, २०८०काठमाडौं । कृषि विकास बैंकले चैत महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने रेमिट्यान्स मुद्दतीमा भने ६.६६६१ प्रतिशत तोकेको छ । यसअघि फागुनमा संस्थागततर्फ ४.९४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा भने स्थिर राख्दै न्यूनतम ३ प्रतिशतदेखि ४.७६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ५.७६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।